काठमाडौं । राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताए । सम्भवतः आजै राजीनामा हुने बताइएको छ।
सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् ।