Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बालेनको आह्वान - हत्याराको राजीनामा आइसकेको छ, अब संयमित हुनुहोला

बालेनको आह्वान - हत्याराको राजीनामा आइसकेको छ, अब संयमित हुनुहोला

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी आन्दोलनलाई ‘नितान्त Gen Z को आन्दोलन’ भन्दै यो आन्दोलनले ऐतिहासिक परिणाम ल्याइसकेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै, आन्दोलनकारी युवापुस्तालाई संयमित हुन आग्रह गरेका छन्।

बालेनले भनेका छन्, “प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला।”

उनले आन्दोलनको नेतृत्व गर्न तयार हुने पुस्ता यही हो भन्दै, आगामी दिनमा जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी, बालेनले सेना प्रमुखसँग वार्ताको सम्भावनाबारे संकेत गर्दै भनेका छन्, “साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।”

'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077