Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि ओली नेतृत्वले नै कार्य सञ्चालन गर्ने

अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि ओली नेतृत्वले नै कार्य सञ्चालन गर्ने

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै सरकारका सञ्चालन गर्न सक्ने गरी तोकेका छन् ।

ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेछ भनि तोकेका हुन् ।

“नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि तोक्नु भएको छ,” राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओलीले आजै पदबाट राजीनामा दिएका हुन् । देशरभर जेनजी पुस्ताले आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077