काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् ।
मंगलबार वक्तव्य जारी गर्दै संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् ।
'लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,' राष्ट्रपतिले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको बिषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ छ।