Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

राष्ट्रका संरचना नेताको निजी सम्पति होइनन्, नष्ट नगरौँ : राजेश हमाल

राष्ट्रका संरचना नेताको निजी सम्पति होइनन्, नष्ट नगरौँ : राजेश हमाल

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । वरिष्ठ अभिनेता राजेश हमालले आन्दोलनरत जेनजी पुस्तालाई राष्ट्रका संरचना, पूर्वाधार र सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक सभालाई सम्बोधन गर्दै हमालले आन्दोलनको मर्मलाई समर्थन जनाउँदै पनि राष्ट्रकै सम्पत्तिमा धावा बोल्नु घातक हुने चेतावनी दिएका छन् ।

उनले भने, “जो आन्दोलनमा लाग्नु भएको छ जेन–जीहरूलाई आग्रह के गर्नुपर्छ भने, राष्ट्रको संरचना, राष्ट्रको सम्पदा, राष्ट्रको पूर्वाधार भनेको प्रत्येक नेपालीकै हो । यो कुनै नेताको निजी सम्पत्ति होइन ।”

हमालले आन्दोलनमा आक्रोश व्यक्त गर्नु स्वाभाविक भए पनि राष्ट्रिय सम्पत्ति नष्ट हुनु अन्ततः जनताकै घाटा हुने बताए । “आन्दोलनको मर्म एकातिर छँदै छ, तर हामी सबैलाई हाम्रो राष्ट्र प्यारो छ। त्यसकारण आफ्नै संरचना र पूर्वाधार जोगाऔँ,” उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077