काठमाडौै । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आह्वान गरेका छन्।
उनले लेखेका छन्- 'देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ रु आकाशको ताराको कथा होला, विचार गर्नुहोस् । सोमबारदेखि देशव्यापी रूपमा सुरु भएको जेनजी आन्दोलन मंगलबार पनि निरन्तर रह्यो। आन्दोलनकारीहरूले सिंहदरबार, राष्ट्रपति भवन, अदालत र नेताहरूका घरमा तोडफोड तथा आगजनी गरेका छन्।'
स्थिति नियन्त्रण बाहिर जान थालेपछि साँझदेखि नेपाली सेनाले हस्तक्षेप गरी केही नियन्त्रणमा लिएको छ। सेनाको पहलमा बुधबार राष्ट्रपति र जेनजी सेनाबीच त्रिपक्षीय वार्ता हुने तयारी भइरहेको छ।
'