पोखरा । पोखरामा मंगलबार प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ ।
स्थानीयका अनुसार मृत महिला सोही घरमा काम गर्दै आएकी थिइन् । सोही घरमा एक महिला मृत फेला परेकी हुन् ।
यस्तै पोखराको लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा अर्को शव फेला परेको छ ।
अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो । उनीहरुको शव प्रहरीले लगेको छ ।
मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए ।