Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जेनजी प्रदर्शनका क्रममा संघीय संसद् भवनमा आगजनी भइ ध्वस्त भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले संघीय संसद् भवनमा आगजनी गरेका थिए । आगजनीबाट संघीय संसद् भवन जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् ।

यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।

Parliamnet Notice

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077