Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुन्धारा कारागारबाट पूर्वगृहसचिव र एमाले नेतासहित हजारौं कैदी भागे

सुन्धारा कारागारबाट पूर्वगृहसचिव र एमाले नेतासहित हजारौं कैदी भागे

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । मुलुकको राजधानीमा रहेको सबैभन्दा ठूलो कारागारमध्ये एक सुन्धारा कारागारबाट पनि कैदीबन्दीहरु भागेका छन् ।

कारागार प्रशासनका अनुसार कारागारमा रहेका झन्डै ३ हजार ८०० कैदीबन्दीमध्ये करिब ३ हजार ३०० जना फरार भएका छन् । हाल कारागारभित्र झन्डै ५ सयकै हाराहारी कैदी मात्रै बाँकी रहेका छन् ।

भाग्नेहरूमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसमेत परेका छन् ।

नक्खु कारागारबाट समेत सबै कैदी बाहिर निस्किएको खबर फैलिएपछि सुनधारा कारागारमा पनि कैदीहरूले सामूहिक प्रदर्शन सुरु गरेका थिए।

त्यसपछि राति करिब ११ बजे गेट फोडेर उनीहरू बाहिर निस्किएका हुन्। अन्य कैदीहरू प्रहरीको नियन्त्रणमा नभई आफैँ बसेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077