काठमाडौं । नेपाली सेना परिचालनसँगै राजधानीलगायत विभिन्न स्थानमा भएका आपराधिक गतिविधिमा संलग्नहरू पक्राउ परेका छन् ।
सेनाले जारी गरेको सुरक्षासम्बन्धी अपडेटअनुसार महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न समूह भाग्दा छोडिएका नेपाली रुपैयाँ २ लाख ३२ हजार ५ सय र २ हजार ५०० अमेरिकी डलर सुरक्षाकर्मीले बरामद गरेका छन् ।
सेनाले लुटपाटमा प्रयोग भएका ३२ नाल हतियारमध्ये थप १ नालसहित बरामद भएको जनाएको छ ।