Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानसेनापति र जेनजीबीचको वार्ता असफल, सैद्धान्तिक कुरा मिलेन

प्रधानसेनापति र जेनजीबीचको वार्ता असफल, सैद्धान्तिक कुरा मिलेन

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति र जेनजी प्रतिनिधिबीच भएको पछिल्लो वार्ता निष्कर्षविहीन भएको छ ।

आज बिहान भएको छलफलमा सैद्धान्तिक विषयमा सहमति नजुटेपछि जेन जीकी प्रतिनिधि रक्षा बम बीचमै छलफल कक्षबाट बाहिरिएकी हुन् ।

बमले भनिन्, “म आजको छलफलबाट बाहिर निस्किसकेँ है। हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ ।”

यसअघि गएराति पनि बमसहित जेन जीका नौ जना प्रतिनिधि र सेनाप्रमुखबीच लामो छलफल चलेको थियो । तर मूल मुद्दामा सहमति नजुटेकै कारण वार्ता निरन्तर परिणामविहीन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077