काठमाडौं । जेनजीहरुले भदौ २३ र २४ गते दुई दिन गरेको आन्दोलनका क्रममा दुई दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने खरबौका सरकारी तथा निजी सम्पत्तिको नोक्सानी भएको छ ।
जेनजी प्रदर्शनको पहिलो दिन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदर्शनकारीमाथि गरेको दमनका कारण दोस्रो दिन मंगलबार राजधानीमा आगजनीका घटनाहरु भए । आगजनीका घटनामा कतिपय जेनजी भन्दा पनि घुसपैठ भएको पनि पुष्टि भइसकेको छ ।
सो क्रममा संसद् भवन, सिंहदरबारदेखि लिएर अदालतहरुमा आगजनी भएको थियो । उक्त आगजनीबाट राजधानीका अधिकांश प्रशासनिक निकाय, न्यायालय र व्यवस्थापिका संसद समेत ध्वस्तप्रायः बने ।
देशको मुख्य प्रशासनिक भवन सिंहदरबार पूर्ण रुपमा जलेको छ । त्यसैगरी संविधानसभा भवन, सर्वोच्च अदालत, नागरिक उड्डयन प्राधिकरण, शितल निवास, काठमाडौं भित्रका विभिन्न प्रहरी बृत्तहरु, मन्त्री तथा नेताका घरहरु, स्थानीय तहका प्रमुखहरुका घरहरुलगायतमा आगलागी भएको छ ।
त्यतिमात्रै होइन नेपालका धनाढ्य विनोद चौधरीको घरदेखि भाटभटेनी समेत जलेका छन् । कोटेश्वर भाटभटेनीमा त दुई जना युवती समेत जलेको खबर आएको छ ।
जेनजीको नाममा भएको आन्दोलनमा खरबौको सम्पत्ति नोक्सान हुनु, अधिकांश कारागारबाट हजारौंको संख्यामा कैदीहरु भाग्नु देशको लागि पक्कै पनि राम्रो होइन ।
[caption id="attachment_366964" align="alignnone" width="1000"]
नागरिक उड्डयन प्राधिकरण, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366973" align="alignnone" width="1000"]
जिल्ला सरकारी वकिल कार्यालय, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366972" align="alignnone" width="1000"]
नेपाल नागरिक उड्डयन प्राधिकरण, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366971" align="alignnone" width="1000"]
नेपाल नागरिक उड्डयन प्राधिकरण, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366970" align="alignnone" width="1000"]
काठमाडौं जिल्ला अदालत, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366969" align="alignnone" width="1000"]
एनसेलकाे मुख्य कार्यालय, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366968" align="alignnone" width="1000"]
नेपाल नागरिक उड्डयन प्राधिकरण, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366967" align="alignnone" width="1000"]
संविधानसभा भवन, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366966" align="alignnone" width="1000"]
संविधानसभा भवन, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366965" align="alignnone" width="1000"]
संविधानसभा भवन, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]
[caption id="attachment_366976" align="alignnone" width="1000"]
सरसफाइमा जुटेका जेनजीहरू, तस्विर : रिषभ पाण्डे/अनलाइननेपाल डटकम[/caption]