Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई अघि सार्ने तयारी

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई अघि सार्ने तयारी

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । २४ घण्टामै सत्ता ढालेको जेनजीले अन्तरिम सरकारको नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् ।

डिजिटल माध्यमबाट निरन्तर छलफलमा रहेका उनीहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीको नाममा बहस गरिरहेका छन्।

छलफलका क्रममा उनीहरुले आफूहरूसँग न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाबारे अनुभव नभएको भन्दै वार्ताका लागि परिपक्व प्रतिनिधि चाहिने र त्यसका लागि सुशीला कार्कीलाई अघि सार्ने बताएका छन्।

कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा जेनजी समूह करिब करिब एकमत भएका छन् । त्यहीअनुसार कार्कीको नाम करिब अनुमोदन भएको छ ।

यसअघि जेनजी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए ।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न भनेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077