काठमाडौं । नेपालमा विकसित पछिल्लो घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले औपचारिक प्रतिक्रिया दिएको छ ।
चीनले नेपाली जनताले चाँडै मुलुकमा व्यवस्था र स्थायित्व पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनिन्, “चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका सबै पक्षहरूले घरेलु विषयलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नेछन् र चाँडै स्थायित्व कायम गर्नेछन्।”
यसअघि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबारै मन्त्रिपरिषद्को सुरक्षासम्बन्धी समितिमा नेपालस्थित अवस्थाबारे विस्तृत छलफल भएको बताएका थिए ।