Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारको नेतृत्वबारे जेनजीमा किचलो, बालेन कि सुशीला ?

सरकारको नेतृत्वबारे जेनजीमा किचलो, बालेन कि सुशीला ?

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर असन्तुष्टि जनाइरहेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहानसम्म औपचारिक सम्पर्कमा आउन आग्रह गरेको छ।

जंगीअड्डा बाहिर सेनाका प्रतिनिधिले माइकिङ गरेर जानकारी दिँदै भने, “को–को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला । एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर दिनुहोला ।”

बुधबार दिउँसो जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित नेतृत्वका रूपमा प्रस्ताव गरेका थिए । तर, त्यसपछि जंगीअड्डाबाहिर भेला भएका युवाहरूले कार्कीको नामको विरोध गर्दै नाराबाजी गरेका थिए।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नाम पनि अगाडि सारिरहेका छन्। नेतृत्वका नाम सार्वजनिक भइरहेका तर सहमति जुट्न नसकेको अवस्थामा सेनाले प्रत्यक्ष सम्पर्कमा आउन भनिएको हो ।

यसले अब जेनजी आन्दोलनको आगामी दिशा–निर्देशन र सरकार निर्माणको प्रक्रिया कुन मोडमा जाने हो भन्ने उत्सुकता थपिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077