Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कारागारबाट भागेका कैदीले गरे महिलामाथि बलात्कार प्रयास

कारागारबाट भागेका कैदीले गरे महिलामाथि बलात्कार प्रयास

बुधवार , भाद्र २५, २०८२

कञ्चनपुर । कञ्चनपुर कारागारबाट भागेका एक कैदीबन्दी पुनः पक्राउ परेका छन् । महिलामाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–१ का ३५ वर्षीय दिपक सुनार रहेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगतगाहा मगरका अनुसार बुधबार दिउँसो सुनारले सोही नगरपालिका–२ स्थित एक घरमा प्रवेश गरी महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको हो ।

उनी मंगलबार कञ्चनपुर कारागारबाट भागेको बताइएको छ । तर यो पुष्टि हुन बाँकी छ ।

उनी दुई वर्षअघिदेखि जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077