Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उपत्यकामा निषेधाज्ञा र कर्फ्यु कायमै, शुक्रबारसम्म जारी रहने

उपत्यकामा निषेधाज्ञा र कर्फ्यु कायमै, शुक्रबारसम्म जारी रहने

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राखेको छ ।

भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । त्यसैगरी भदौ २६ गते बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

अत्यावश्यक कार्यका लागि २६ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दुध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ ।

विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077