Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो ।

देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भइरहेको छ।

निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जना र भेरी अस्पतलालमा ५गरी ३० जनाको निधन भएको छ।

यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ। ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ।

सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077