Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, बिहान ४ र साँझ २ घण्टा आवतजावत गर्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, बिहान ४ र साँझ २ घण्टा आवतजावत गर्न पाइने

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै निश्चित समयमा नागरिकलाई आवतजावतको अनुमति दिएको छ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका नागरिकले आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि हिँडडुल गर्न पाउने व्यवस्था गरिएको छ।

त्यसबाहेक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने सेनाले जनाएको छ।

निषेधाज्ञा र कर्फ्यु अवधिमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधनलाई सञ्चालन गर्न छुट दिइनेछ।

त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिचयपत्र देखाएर कार्यालयसम्म आउजाउ गर्न पाउनेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान यात्रुले पनि टिकट देखाएर विमानस्थलसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077