Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दशैँ आउनै लाग्दा देशैभरको यातायात सेवा ठप्प, यात्रु बाटोमै अलपत्र

दशैँ आउनै लाग्दा देशैभरको यातायात सेवा ठप्प, यात्रु बाटोमै अलपत्र

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । अस्ति मङ्गलवारदेखि नै यातायात क्षेत्र ठप्प बनेको छ । प्रदर्शनका कारण छोटो तथा लामो दूरीका सबै गाडी बन्द छन् ।

नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ नजिकिदै गर्दा गाडी नचलेपछि यात्रुहरु बिचल्लीमा परेका छन् । विदेशबाट आउने नेपालीसहित शहरबाट गाउँ जाने नागरिक समस्यामा परेका छन् ।

यसवर्ष असोज १६ दशैँको टीका छ । असोज ६ गते घटस्थापनाअघि घर पुग्ने योजना बनाएका यात्रु बाटोमै अलपत्र छन् । अहिलेसम्म टिकट बुकिङ खुल्ने सुरसार छैन ।

देश नै शुन्य अवस्थामा पुगेकोले यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यावसायीको भनाइ छ । यातायात व्यवसायीले गाडी चलाउनका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077