Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रामेछाप कारागारमा गोली चल्दा ३ जना कैदीको मृत्यु, १३ घाइते

रामेछाप कारागारमा गोली चल्दा ३ जना कैदीको मृत्यु, १३ घाइते

बिहिवार , भाद्र २६, २०८२

रामेछाप । जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ।

बिहीबार बिहानै कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको भित्रको गेट तोडेर बाहिरी गेट तोड्न लागेपछि सेनाले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ३ जनाको मृत्यु भएको हो।

अस्पतालमा ल्याइएका घाइते मध्ये ३ जना मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ। गोली लागेर १३ जना कैदीहरू घाइते भएको रामेछापका प्रजिअ श्यामकृष्ण थापाले जानकारी दिए।

घाइते कैदीबन्दिहरुलाई अहिले जिल्ला अस्पताल रामेछापमा उपचारका लागि लगिएको छ।

रामेछाप कारागारमा ३ सय ३५ जना कैदीबन्दिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077