Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सर्वोच्च अदालतले भदौ २९ गतेदेखि आंशिक सेवा दिने

सर्वोच्च अदालतले भदौ २९ गतेदेखि आंशिक सेवा दिने

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दीको निवेदनमाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- 'सोही बमोजिम यस अदालतमा मिति २०८२/०५/२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण वैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।

यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौं ।'

बैठकले सर्वोच्च लगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, तोडफोड र लुटपाटबाट अदालतहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेको छ ।

गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि सर्वोच्चमा आगजनी र तोडफोड भएको थियो । त्यसयता सर्वोच्चको सेवा पूर्ण रुपमा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077