काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा प्रहरीबाट लुटिएको हतियार नेपाली सेनाले बरामद गरेको छ।
भदौ २३ र २४ गते काठमाडौंसहित देशभरको प्रदर्शनमा प्रहरी कार्यालय तथा सुरक्षाका लागि खटिएका प्रहरीको साथमा भएको हतियार आन्दोलनकारीले लुटेका थिए।
सिन्धुली जिल्लाको मरिन-४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल-१ काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएको नेपाली सेनाले जनाएको छ।
हालसम्म विभिन्न स्थानहरुबाट २६८ नाल हतियारहरू बरामद भएको पनि सेनाले स्पष्ट पारेको छ।
मंगलबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रर्दशन हुँदा सुरक्षाकर्मीका हतियारसमेत खोसिएका थिए ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हतियार बुझाउन बुधबार विज्ञप्ति जारी गरेको छ । यदि कसैले उक्त हतियार वा गोलीगठ्ठा नबुझाएमा कानुनबमोजिम कारबाही हुने सेनाले चेतावनी दिएको छ ।