Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

संविधानको धारा ६१ (४) अनुसार कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

संविधानको धारा ६१ (४) अनुसार कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४) बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गरेका छन् ।

जेनजी आन्दोलनले अघि सारेको मागअनुसार मुलुकलाई नयाँ जनादेशको बाटोमा लैजान उनी अन्तरिम सरकारको नेतृत्व गर्ने भएकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ६१ मा उल्लेख भएअनुसार राष्ट्रपतिको प्रमुख कर्तव्य भनेको संविधानको पालना र संरक्षण गर्नु तथा राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हो । यही संवैधानिक प्रावधानलाई आधार मानेर कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

अन्तरिम सरकारको नेतृत्व गर्ने पहिलो महिला व्यक्तित्वका रूपमा कार्कीको यो नियुक्ति ऐतिहासिक मानिएको छ। देशलाई चुनावसम्म पु¥याउने, राजनीतिक स्थायित्व कायम गर्ने र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्ने जिम्मेवारी अब उनको काँधमा परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077