Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

शुशीला कार्कीलाई बधाई दिँदै नरेन्द्र मोदीले भने - भारत नेपालको समृद्धिको लागि सदैव प्रतिबद्ध छ

शुशीला कार्कीलाई बधाई दिँदै नरेन्द्र मोदीले भने - भारत नेपालको समृद्धिको लागि सदैव प्रतिबद्ध छ

शनिवार , भाद्र २८, २०८२

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अन्तरिम सरकार गठन भई पूर्वप्रधानन्यायाधीश शुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

मोदीले सामाजिक सञ्जालमार्फत सन्देश पोस्ट गर्दै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।”

यसअघि शुक्रबार राति नै भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत जनाएको थियो।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्की नेतृत्वको अन्तरिम सरकारलाई नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077