Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जेनजीले अन्तरिम सरकारमा मन्त्रीहरू छान्न भर्चुअल भोटिङ गर्ने

जेनजीले अन्तरिम सरकारमा मन्त्रीहरू छान्न भर्चुअल भोटिङ गर्ने

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । जेनजी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् ।

आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।

२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेनजी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए ।

कार्की शुक्रबार राति प्रधानमन्त्री नियुक्त भइन् । उनले आइतबार पदभारग्रहण गर्ने तयारी छ । सोही दिन मन्त्रीमण्डल गठनको तयारी भइरहँदा युवाहरू भने मन्त्रीको लागि भर्चुअल चुनाव गर्दै छन् ।

स्रोतका अनुसार गृहमा नेपाल प्रहरीका पूर्वआइजिपीदेखि, पूर्वसैनिक अधिकारी, पूर्वसचिव, कानून व्यवसायीहरु, रक्षामन्त्रीमा पूर्वरथी बालानन्द शर्मा र अर्थमन्त्रीमा रामेश्वर खनालको सम्भावना देखिएको छ ।

त्यस्तै मन्त्रीहरुमा कुलमान घिसिङ,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’का कानूनी सल्लाहकार ओमप्रकाश अर्याल, डा. सन्दुक रुइतलगायत चर्चामा छन् । अब बन्ने मन्त्रीमण्डल सानो आकारको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077