Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कर्फ्यु हटेसंगै सोमबारदेखि नियमित पठनपाठन हुने

कर्फ्यु हटेसंगै सोमबारदेखि नियमित पठनपाठन हुने

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर शनिबारदेखि आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ।

जेनजी आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेको छ। यससँगै आन्दोलनले ठप्प भएको देशभरको विद्यालय पठनपाठन पनि सञ्चालन आउने भएको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार काठमाडौं महानगरभित्र सोमबारदेखि क्रमशः विद्यालय सञ्चालन हुनेछ।

उनले भने-'आज बसेको बैठकले आइतबारदेखि विद्यालयहरूले विद्यार्थी अभिभावकसँग सम्पर्क गर्ने,अवस्था बुझ्ने र अवस्था हेरेर सोमबारदेखि पठनपाठन थाल्नुपर्ने सूचना जारी गरेका छौँ। महानगरबाट जारी सूचनाअनुसार आइतबारदेखि सबै शिक्षक तथा कर्मचारीहरू विद्यालयमा उपस्थित हुने तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउनुपर्ने छ। विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्य गर्ने, विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्नुपर्ने छ।'

विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।

यस्तै ललितपुर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा निर्देशक देवीप्रसाद उपाध्यायका अनुसार ललितपुरभित्रको हकमा भने जिल्ला प्रशासक कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारीले अझै एक दुई दिन पर्खनु भनेका छन्।

भदौ २४ गते जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि विद्यालयमा पठनपाठन बन्द भएको थियो।

May be an image of text

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077