Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जन्मदिनको उपहारस्वरूप कारागार फर्किदैछु, आशा छ अब अन्याय हुँदैन : रवि लामिछाने

जन्मदिनको उपहारस्वरूप कारागार फर्किदैछु, आशा छ अब अन्याय हुँदैन : रवि लामिछाने

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेरि कारागार फर्किने बताएका छन्।  शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी गराएका हुन्।

आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् ।

उनले भनेका छन्- 'संयोगले आज मेरो जन्म दिन परेछ र म आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउँदैछु। तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरियो । देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकी र अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित कारागार जान लागेको छु । ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथि नै छाड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन।'

उनले आज देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकी र अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित कारागार जान लागेको उल्लेख गरे।

नख्खु कारागारमा रहेको सभापति लामिछाने पछिल्लो पटक जेनजीहरूको प्रदर्शनका क्रममा २४ भदौमा निस्किएका थिए । उनले आफू कारागार प्रशासनकै निर्णय अनुसार बाहिर निस्किएको दाबी सुरुमा गरेका थिए । यद्यपि कारागार प्रशासन भने औपचारिक रुपमा केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077