Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मुलुकका अत्यावश्यक संस्थाहरूमा छानिछानी प्रहार भएको छ, कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

मुलुकका अत्यावश्यक संस्थाहरूमा छानिछानी प्रहार भएको छ, कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको प्रदर्शनका क्रममा अत्यावश्यक संस्थामा छानिछानि आक्रमण भएको बताएकी छिन्।

सिंहदरबारमा पदभार ग्रहणपछि उच्चपदस्थ कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री कार्कीले योजनावद्ध र षड्यन्त्रमुलक ढंगबाट आक्रमण गरिएको बताइन्।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्- 'मुलुकको अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानी प्रहार भएको छ। अदालतका फाइल, सिंहदरबारका पुराना रेकर्डहरु सबै नष्ट भयो। बढो आश्चर्यको कुरा छ। किन यसरी जसले यो देशको शासन चलाएको भवनमा आक्रमण गरियो। यसको अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउनुपर्छ।'

उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077