Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सवारी चालक अनुमतिपत्र छपाइ अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमतिपत्र छपाइ अनिश्चितकालका लागि बन्द

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ।

आइतबार जारी सूचनामा विभागले प्रिन्टिङ प्रणालीमा समस्या उत्पन्न भएकाले वैशाख २५ गतेदेखि नै छपाइ रोकिएको उल्लेख गरेको छ।

विभागका अनुसार हालसम्म अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेनाको मिसनमा खटिने नेपाली सेना र प्रहरीका सदस्य, साथै गैरआवासीय नेपाली (एनआरएन) का लागि मात्र अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो।

विभागको सूचनामा भनिएको छ- 'प्रिन्टिङ प्रणालीमा देखिएको समस्या समाधान गर्ने कार्य भइरहेको छ। समस्या समाधान नहुन्जेलसम्म अत्यावश्यक चालक अनुमतिपत्र छपाइ कार्य बन्द गरिएको छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077