काठमाडौं । जेनजी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका केही मन्त्रीहरुले आज सपथ लिंदैछन् । त्यसका लागि राष्ट्रपति भवन शितल निवासमा टेण्ड टाँगेर कार्यक्रम शुरु भइसकेको छ ।
पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानूनी क्षेत्रका व्यक्तिहरूको नाम टुंगो लगाएकी छन्।
अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ।
कार्कीले मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन्। शपथ समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित, प्रधानसेनापति असोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्यालसहितका व्यक्तिहरूको सहभागिता रहेको छ।
[insert page='367713' display='yopanipadhnuhos.php']
प्रधानमन्त्री कार्कीको सपथ ग्रहणमा पनि नयाँ शक्तिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराई पुगेका थिए ।
जेनजीको आन्दोलनका कारण प्रधानमन्त्री बन्ने सौभाग्य पाएकी कार्कीमाथि ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउनु पर्नेमात्रै दायित्व छैन, जलेर नष्ट भएका संरचनाको निर्माण पनि गर्नुपर्ने छ ।
अधिवक्ता अर्यालको सिफारिस हुँदा जेनजीहरु नै आन्दोलित भइसकेका छन् । जेनजीको नेतृत्वकर्ता मानिएका सुधन गुरुङलगायतले हिजै प्रधानमन्त्री कार्कीको राजीनामा मागिसकेको अवस्थामा आज अर्यालले सपथ लिंदैछन् ।