Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रास्वपाका दुई वडा सभापति निलम्बित

रास्वपाका दुई वडा सभापति निलम्बित

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्कीका दुई वडा सभापतिलाई निलम्बन गरेको छ ।

पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगले तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।

थापा र पौडेल विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले जानकारी दिए ।

वडा १० का थापा पोखरा महानगरपालिकामा कार्यालय र पोखराका मेयर धनराज आचार्यको घरमा आगजनीमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077