Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हामी नेपालले भन्यो - हाम्रो कुनै राजनीतिक र संगठनसँग संलग्नता छैन

हामी नेपालले भन्यो - हाम्रो कुनै राजनीतिक र संगठनसँग संलग्नता छैन

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । सुदन गुरुङको 'हामी नेपाल' संस्थाले पवित्र भावनाले स्थापित संस्थाको कुनै राजनीतिक वा अन्य कुनै संगठनसँग संलग्नता नरहेको स्पष्ट पारेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संस्थाले मानवसेवा र दुर्घटनाबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्दै आएको बताएको हो । 

"देशमा ठूला संकट र प्राकृतिक प्रकोप आउँदा सभ्य रूपमा सहयोगमा जुट्‌दै आएको हाम्रो संस्था हामी नेपालले मानवसेवा र दुर्घटनाबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्दै आएको छ । पवित्र भावनाले स्थापित यो संस्थाको कुनै राजनीतिक वा अन्य कुनै संगठनसँग संलग्नता छैन," विज्ञप्तिमा उल्लेख छ । 

संस्थाले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा बर्बरतापूर्ण आक्रमणमा देशका लागि सहिद भएका होनहार युवाप्रति हार्दिक श्र‌द्धाञ्जली अर्पण समेत गरेको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

आन्दोलनको अवधिमा हस्तक्षेप गरी जनधनको क्षति पुर्‍याउनुका साथै आगजनी गरी अधिकांश कार्यालयलगायत व्यावसायिक एवं निजी सम्पति समेतमा आगजनी गरी खरानी र तोडफोड गर्ने निन्दनीय तथा अमानवीय घटनाप्रति संस्थाले गम्भीर दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077