Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे क्षतिग्रत सरकारी कार्यालयहरूको अनुगमन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे क्षतिग्रत सरकारी कार्यालयहरूको अनुगमन

मंगलवार , भाद्र ३१, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालयहरूको अनुगमन गरेका छन् ।

मंगलबार बिहान उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, प्रदेश सभा भवन र सामाजिक विकास मन्त्रालय लगायतका संरचनाको अनुगमन गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदेशभर २३३ वटा भौतिक संरचनामा क्षति पुगेको छ।  जसमा १५ प्रहरी कार्यालय, १४९ सरकारी कार्यालय, ३५ व्यापारिक तथा निजी भवन र ३४ वटा पार्टी कार्यालय रहेका छन् ।

प्रदेशमा ६८८ वटा सवारी साधनमा क्षति पुगेको छ। आगजनीबाट सरकारी कार्यालयका फर्निचर, कम्प्युटर, महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् भने केही सामान चोरी समेत भएका छन् । ।

मुख्यमन्त्री कार्यालय जलेर खण्डहर बनेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र सेवा प्रवाहको तयारी गरिरहेको भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077