Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

लुटिएको दुई लाख रकम र सुनचाँदी फिर्ता

लुटिएको दुई लाख रकम र सुनचाँदी फिर्ता

मंगलवार , भाद्र ३१, २०८२

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयबाट जेनजी आन्दोलनका क्रममा लुटिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको रु दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी फिर्ता गरिएको हो ।

लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार रु एक लाख १७ हजार र ८४ हजार भारतीय रुपैयाँ पीडित परिवारलाई फिर्ता गरिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए।

आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो।

यस्तै प्रहरीले आइतबार कोहलपुर नगरपालिका-२ बाट रु सात लाख ६६ हजारसहित कोहलपुर-५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077