Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको शवयात्रा

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको शवयात्रा

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिदैछ।

त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको छ ।

४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट शहीदहरूको जन्मथलो लग्ने आफन्तजनले जानकारी दिएका छन् ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077