Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा पुगेको सचिवायलको भनाइ

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा पुगेको सचिवायलको भनाइ

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छिन्।

प्रधानमन्त्री कार्कीको आँखा नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ।

यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री कार्की डा. रुइतलाई मन्त्री बन्न आग्रह गर्नका लागि अस्पताल पुगेको भन्दै समाचार आएका थिए । डा. रुइतले पनि मन्त्री बन्न अस्वीकार गरिसकेको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077