Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दीपक खड्काले प्राधिकरणमा बनाएको कार्यकक्ष बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन

दीपक खड्काले प्राधिकरणमा बनाएको कार्यकक्ष बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन् । यसअघिका ऊर्जामन्त्री दीपक खड्काले उक्त कार्यकक्ष बनाउन लगाएका थिए ।

विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न मगंलबार  निर्देशन दिएका हुन् ।

यसअघिका ऊर्जामन्त्री खड्काले रातारात उक्त कार्यकक्ष बनाउन लगाएका थिए । घिसिङ कार्यकारी निर्देशक रहँदा खड्काले मन्त्रीकक्ष बनाउन लगाउँदा दुईबीचको सम्बन्ध बिग्रिएको थियो ।

urja-mantralaya

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077