Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

भोलि सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बुधबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

'जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्)बाट मिति २०८२/०५/३० गते निर्णय भएको ब्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

सरकारले हिजो जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077