काठमाडौं । यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने भएको हो । असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राखिने साइत छ ।
सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत छ । असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।