Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अविरल वर्षापछि भासियो निर्माणाधीन सडक

अविरल वर्षापछि भासियो निर्माणाधीन सडक

बुधवार , आश्विन १, २०८२

दमौली । आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडकखण्ड भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधि श्यामानन्द गुप्तासहितको टोलीलाई नगरपालिकाले सडक स्तरोन्नतिको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ।

यो सडकमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ। सडक स्तरोन्नतिका लागि २०८० साल चैत २५ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077