Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

 राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट भएको खुलासा

 राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट भएको खुलासा

बुधवार , आश्विन १, २०८२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । २३ र २४ गते भएको जेनजी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३८ करोड बराबरको नगद र सुन लुटिएको खुलासा गरेका हुन् ।

उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भनेका छन्- 'एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।'

गभर्नर पौडेलका अनुसार लुटपाटमा संलग्नहरु अझै पक्राउ परिसकेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेज हेरेर संलग्नको पहिचान तथा अनुसन्धान गरिरहेको छ।

पौडेलले घटना घट्नेबित्तिकै सीईओहरुसँग भेटेर क्षतिको विवरण मगाएको र आउन बाँकी नै रहेको बताएका छन्।

बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077