Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

झलनाथ खनालकी पत्नीको देब्रेहात काटियो

झलनाथ खनालकी पत्नीको देब्रेहात काटियो

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीमा परेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत चित्रकारको संक्रमण फैलिन थालेपछि आज देब्रेहात काटिएको हो ।

उनको देब्रेहात कुहिनोदेखि तल काटिएको बताइएको छ । चिकित्सकका अनुसार, शरीरको १७ प्रतिशत भाग जलेको छ । उपचारकै कारण चित्रकार अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।

आन्दोलनकारीले काठमाडौंको कीर्तिपुरस्थित खनालको घरमा आगो लगाएका थिए । सोही क्रममा चित्रकार जलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077