Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एनपीएल-२०२५ : पहिलो खेलबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

एनपीएल-२०२५ : पहिलो खेलबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)-२०२५ को पहिलो खेलबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बिहीबार नेपाली टिमको बिदाइ कार्यक्रममा एनपीएल-२०२५ को पहिलो खेलमा टिकटबाट उठ्ने रकम सबै राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

क्यानले बिहीबार एक कार्यक्रममार्फत वेस्ट इन्डिजविरुद्धको शृंखलाका निम्ति युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली टिमलाई बिदाइ गरेको थियो ।

यस्तै क्यानले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्रलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077