Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मलाई नेताको छोरी भनेर आरोप लगाउनु अन्याय भयो : शृङ्खला खतिवडा

मलाई नेताको छोरी भनेर आरोप लगाउनु अन्याय भयो : शृङ्खला खतिवडा

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । लामो समय मौन बसेकी पूर्वमिस नेपाल शृङ्खला खतिवडाले जेनजी आन्दोलनका बीचमा उठेका आरोपबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

भिडियो सन्देशमार्फत उनले आफूलाई आन्दोलनको एउटा प्रमुख पात्रजस्तै प्रस्तुत गरिएकोमा चित्त नबुझेको प्रष्ट पारेकी हुन् । 'नेताका छोराछोरीहरूको विलासी जीवनशैली देखाएर ‘करदाताको पैसा खोइ ?’ भन्ने प्रश्न उठाइँदै थियो। संयोगवश म पनि त्यसमा जोडिएँ। तर मेरो जीवन खुला किताबजस्तै छ,' उनले भनिन्।

आन्दोलनका क्रममा आफूलाई ‘कोल्याटरल ड्यामेज’को रूपमा लिनुपरे पनि जनताको आवाजलाई शक्तिशाली बनाउन आफ्नो तस्बिर प्रयोग भएको हो भने त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ।

हार्वर्डमा अध्ययनका लागि खर्च कसरी जुटाइन् भन्ने प्रश्नमा शृङ्खलाले विस्तृत तथ्याङ्क सार्वजनिक गरिन्। उनका अनुसार, मिस नेपाल भएपछि उनले विभिन्न ब्रान्ड एम्बासडर, विज्ञापन र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर तिरेरै ३ करोड १२ लाख रुपैयाँ कमाएकी थिइन्। सोही आयबाट करिब डेढ करोड रुपैयाँ खर्च गरी हार्वर्डसम्मको पढाइ खर्च बेहोरेको उनले स्पष्ट पारिन्।

'म हार्वर्ड प्रवेश गर्दा मेरा बाबु मन्त्री हुनुहुन्नथ्यो। त्यसैले ‘मन्त्री बाबुको पद, करप्सन वा डोनेसनकै भरमा पढ्न गइन्’ भन्ने हल्ला पूर्णतया आधारहीन हो,' शृङ्खलाले जोड दिइन्।

भावुक हुँदै उनले विगतमा फैलिएका भ्रम भविष्यमा आफ्ना सन्ततिसम्म नपुगोस् भन्ने चाहना व्यक्त गरिन्। 'मैले यो कुरा यसैले राखेँ—मेरा सन्ततिले भोलि ‘तिम्री आमा करप्ट थिइन्’ भन्ने सुन्न नपरोस्। किनकि झुटो कुरा चिरेन भने पुस्तौँसम्म सत्यजस्तै फैलिँदो रहेछ,' उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077