दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेतको संयुक्त टोलीले कार्कीलाई विरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट बिहीबार पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पाइएको हो । कार्कीमाथि अनुसन्धान सुरु गरिएको छ ।