Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । युक्रेनको सेनाको कब्जामा रहेका दुई नेपालीलाई नेपाल फर्काइँदैछ। लामो समयदेखि युक्रेनको कब्जामा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी स्वदेश फर्काउन लागिएको हो।

उनीहरूको उद्धारका लागि युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवसीय नेपाली संघ जर्मनी र सरोकारवाला निकायले सहयोग गरेको परराष्ट्रले जनाएको छ।

उद्धार गरिएका दुबै जना गैरआवासीय नेपाली संघको सहयोगमा आज काठमाडौं आउदैछन ।

युद्धग्रस्त मुलक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ । युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट सिमावर्ती युरोपेली मुलकमा प्रवेश गर्न पाइने आशामा नेपालीहरू जोखिम मोलेर युक्रेन पसिरहेको दूतावासको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077