Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सभापति देउवाको गर्धनमाथि गम्भीर चोट, टाउकोमा १२ वटा टाँका

कांग्रेस सभापति देउवाको गर्धनमाथि गम्भीर चोट, टाउकोमा १२ वटा टाँका

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।

जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको हो

भदौ २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण र घर, गाडी लगायतमा आगजनी भएको थियो।

त्यसबेला जेनजी पुस्ताको आन्दोलन चलिरहेको थियो। भ्रष्टाचारविरूद्ध र केपी शर्मा ओली नेतृत्वको कांग्रेस सहभागी सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए।

भदौ २३ को प्रदर्शनमा काठमाडौंमा १७ जनाको मृत्यु भएपछि भोलिपल्ट प्रदर्शनकारीहरूले नेताका घर र सरकारी कार्यालयमा आगजनी गरेका थिए।

जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।

हाल देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077