काठमाडौं । जेनजी समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न माग गरेको छ ।
शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेनजी समूहले आन्दोलन दबाउन राज्य शक्तिको दुरुपयोग गरिएको आरोप लगाउँदै उनीहरूको गिरफ्तारीको माग सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जेनजीका सल्लाहकार डा. निकोलश भुसालले राष्ट्रिय सभा विघटन गरी संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने धारणा राखे ।
जेनजी आन्दोलनमा घाइते भएका हरि अधिकारीले आफ्नो आन्दोलन समाजमा व्याप्त कुशासनविरुद्ध भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।
कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याए ।