Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगर

चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगर

शनिवार , आश्विन ४, २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ ।

गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ ।

कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन अब आउने सातादेखि गर्ने तयारी छ ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गर्ने गरेको छ ।

अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने पनि सहायक प्रवक्ता काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077